Categories Other

काठमाडौँका इन्जिनियर कोइरी विरुद्ध चार करोड ५८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीले सेवाकलामा चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तिन रुपैयाँ अठासी पैसा पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ (साबिक नकटाझिज ६) स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

Post Views: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *