Categories गजल

गजल

मरेर पनि फेरि बिउँझिने मन रहेछ ।
अहो सानो मुटुमा कति वजन रहेछ ।

कचौरामा पस्किएपछी बल्ल थाहा भो,
आफैंले पालेको खसीको सितन रहेछ ।

आफ्नै अनुहार हेर्नुको मज्जा रहेन अब,
हेरेर नअघाउने त तिम्रो जोवन रहेछ ।

आँशुले विदाइ गर्ने विचरी को होलिन्,
आँशु लुकाएर हिंड्ने त मिलन रहेछ ।

यति कमाए भनेर के फुर्ती गर्नुहुन्छ ,
आफ्नाहरुको साथ नै ठूलो धन रहेछ

Post Views: 147

Leave a Reply

Your email address will not be published. Required fields are marked *