लाग्छ मलाई मार्न अर्को जहर आएको छ।
आफ्नै प्रेमिकाको बिहेको खबर आएको छ ।
मर्दा घाटसम्म पुर्याउने यिनै गाउँलेहरु हुन्,
गाउँमा दुख पर्दा कहाँ त्यो सहर आएको छ ।
धन्न तिम्रो बाटोमा कपास बिछ्याएछु खुसी छु,
महोदय मेरो बाटोमा हेर्नुस् पत्थर आएको छ ।
एकचोटि सोध्न मन छ तसँग ए जिन्दगी भन,
जीवनको कुन चै मोडमा मैले बिराएको छ ।
If you liked this article, then please follow me on Facebook.
Post Views: 155