जहाँ राख्नुपर्ने हो राखिएन त चासो बन्न सक्छ ।
थाप्लोको नाम्लो गलामा राखे पासो बन्न सक्छ ।
कोहि कोहि यसरी मक्किएका हुँदा रहेछन् जनाव,
न लौरी बन्न सक्छ न जाँतोको हतासो बन्न सक्छ ।
उनले जानेबेला कस्तो उपहार दिएर गइन् हेर्नोस्,
न उपहार बन्न सक्छ न कसैको नासो बन्न सक्छ ।
महोदय उसले संसार छाडेको खबर छिट्टै पुर्याइदिनु,
पुर्याउन नसके फेरि एक आमाको गुनासो बन्न सक्छ ।
If you liked this article, then please follow me on Facebook.
Post Views: 66