मै हुँ सबथोक भन्ने भ्रम छ हजुरसँग ।
कि मान्छे चिन्ने कार्यक्रम छ हजुरसँग ।
खडेरी परेर पिल्सिएछ एउटा प्रेम पनि,
मन जलाउने कस्तो मौसम छ हजुरसँग ।
यता शङ्खले चिर्दैछ रुवाइका स्वरहरु,
सुन्छु भोजको ठुलै रमझम छ हजुरसँग ।
गाँठो पारेका यादहरु फिर्ता गर्न मन छ,
मिल्छ भेटौं कि समय कम छ हजुरसँग ।
If you liked this article, then please follow me on Facebook.
Post Views: 37