Categories गजल

गजल

आफ्नै जिद्दीले हो गएको हेर के गर्नु ।
छातीमा तस्बिर टाँसेर रोएर के गर्नु ।

आजकाल दुरी अलि लम्बिंदै छ सानू,
जाने नै भए जाउ सानु अवेर के गर्नु ।

एउटा प्रेम फुलेथ्यो मनको गमलामा,
सुकेर झर्यो तिमी माली भएर के गर्नु ।

आमा झुपडीमा खुसी खोजिरहेछिन्,
उनलाई रुवाएर खुसी रोजेर के गर्नु ।

प्रिया मैले रहर बेचेर छाक टारेको हुँ ,
थोरै आशा बचेको छ जोखेर के गर्नु ।

Post Views: 64

Leave a Reply

Your email address will not be published. Required fields are marked *