म यसरी पनि दौडिएँ प्यारका लागि ।
जसरी डुंगा दौडिन्छ किनारका लागि ।
तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,
अब के बचाउनु छ र परिवारका लागि ।
सरकार बिजुली काटेर उज्यालो माग्दैछ,
लालटिन मगाउन पर्ला व्यापारका लागि ।
चामल सकिएर चुलो बाल्न पाएको छैन,
तिमी किन अक्षेता दिन्छौ निधारका लागि ।
दुख पर्दा कसैको साथ नहुने रहेछ सोच्छु,
मैले के सम्म गरिन होला संसारका लागि ।
If you liked this article, then please follow me on Facebook.
Post Views: 3