Categories मुक्तक

मुक्तक

धेरै भयो मन खोलेर भन्न पाएको छैन ।
सपनीमा खासै झझल्को आएको छैन ।
सानी, सुन्छु आज तिम्रो व्रत छ भन्ने कुरा,
यता मैले बिहानदेखि केही खाएको छैन ।

कहिल्यै सुक्दैन भन्छौ तर पनि खानी सकिन्छ ।
एकै हिउँदले सुकेर कुवाको पानी सकिन्छ ।
महोदय आखिर रंगमञ्च त रहेछ जीवन भन्नू,
चरित्र निभाउँदा निभाउँदै जिन्दगानी सकिन्छ ।

Post Views: 63

Leave a Reply

Your email address will not be published. Required fields are marked *